नियम १८२
पुन नियुक्ति भएका प्रहरी कर्मचारीको सम्बन्धमा
: यो नियमावली प्रारम्भ हुँदाका बखत प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत पदस्थापन भई कार्यरत रहेको प्रहरी कर्मचारीमध्ये एकपटक सरकारी सेवाबाट अलग भई पुन नियुक्ति भएका प्रहरी कर्मचारीको हकमा देहायको व्यवस्था लागू हुनेछ :
(क) प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत पदस्थापन भएका प्रहरी कर्मचारीमध्ये एक पटक सरकारी सेवाबाट अलग भई पुन नियुक्ति भएका प्रहरी कर्मचारीको हकमा पुन नियुक्ति भई आएका मितिबाट जेष्ठता कायम गरिनेछ ।
(ख) एक पटक प्रहरी सेवाबाट अलग भई पुन नेपाल प्रहरीे सेवामा नियुक्ति भई आएका प्रहरी कर्मचारीले प्रहरी प्रधान कार्यालयले तोके बमोजिमको पाठ्यक्रम अनुरूपको पुनस्र्थापना तालीम अनिवार्य रूपमा लिनु पर्नेछ । अन्य सेवाबाट अलग भइ नेपाल प्रहरीे सेवामा नियुक्ति भई आएका प्रहरी कर्मचारीले प्रहरी प्रधान कार्यालयले तोके बमोजिमको पाठ्यक्रम अनुरूपको आधारभूत तालीम अनिवार्य रूपमा लिनु पर्नेछ ।